विज्ञापन

अभितक संवादाता
फाल्गून ०१ गते ।

विन्ध्यवासिनी गाउँपालिकामा सोमवार न्यायिक समितिको लागि इजलासको उद्घाटन भएको छ । जिल्ला समन्वय समिति, पर्साका उपाध्यक्ष्F पुरन पटेलले इजलासको उद्घाटन गरेका थिए ।

विज्ञापन

उपप्रमुख एवं न्यायिक समितिका संयोजक ज्योति चौरसियाले छुट्टै इजलास खडा भएकोले न्यायिक समितिको काम सहज हुने बताइन् । उनले पछिल्लो समयमा छुट्टै इजलास नहुँदा इजलास सञ्चालनको बेलामा अन्य सेवाग्राहीको काम प्रभावित हुने गरेको बताइन् ।

उनले चालू आवमा ४० वटा मुद्दा दर्ता भएका र १२ वटाको पैसला भइसकेको जानकारी गराइन् । गत वर्ष ११६ वटा मुद्दा दर्ता रहेकामा ७५ वटा मुद्दाको छिनोफानो गरिएको उनले बताइन् ।

उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, कानूनी सल्लाहकार रामनाथ महतोलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here