अभितक संवादाता
फाल्गून ०१ गते । पोखरिया नगरपालिकामा मेहदी लगाउने तालिम सम्पन्न भएको छ । मा विन्दवासिनी डेभेलोपमेन्ट एन्ड सिप सेन्टर को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । तालिममा पोखरिया नगरपालिका वडा नं.५का बालिकाहरुको सहभागिता रहेको थियो ।
०८०।१०।१५ गतेदेखि ०८०।११।०१ गते सम्म १५ दिनको तालीम रहेको थियो ।तालिम लिएका ३०जना सहभागिलाई प्रमूख अतिथि रहेका पोखरिया नगरपालिकाका नगर प्रमूख प्रदूमन प्रसाद चौहानले सिकेका कूरा बाट आय आर्जन गर्न सूझाव दिनू भएका थिए ।
नगर प्रमूख चौहान र वडा नं. ५का वडा अध्यक्ष महेन्द्र महतोले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा सामाजिक विकास शाखाका नरेन्द्र साहले सहजीकरण गरेका थिए ।