विज्ञापन

अभितक संवाददाता
फाल्गून, ०२ बूधबार/

पोखरियामा सरस्वती माताको मूर्ति स्थापना भएको छ । पोखरिया नगरपालिका वडा नं.५ सतवरीयामा रहेको श्री राधाकृष्णा ने.रा.प्रा.विद्यालयमा स्थापना भएको हो । २०६१ सालमा स्थापना भएको विद्यालयमा स्थानिय सरकार आएपछि विद्यालयमा कक्षा कोठाको व्यवस्थापन हून लागेको हो ।

विज्ञापन

बालविकास देखि कक्षा ५ सम्म संचालन हूदै आएको हो । वडा अध्यक्षले वडा स्तरीय बजेटले मन्दिरको निमार्ण भएको थियो भने नगरस्तरीय बजेटबाट सरस्वती माताको मूर्तीको स्थापना भएको हो । वडा अध्यक्ष महेन्द्र महतो पूजा गरेर मूर्ती स्थापना गराएका थिए ।

सरस्वती पूजाको अवसर पारेर मूर्तिको स्थापना गरीएको नगर प्रमूख प्रदूमन चौहानले जानकारी गराएका हून् । समाजसेवी गोर्वधन यादव, विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको थियो । नगर प्रमूख प्रदूमन प्रसाद चौहानले नगरपालिकामा रहेका सामूदायिक विद्यालयमा पूगेर विद्यार्थी, शिक्षकलाई भेटेर शूभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here