विज्ञापन

अभितक,वीरगंज,०४ फाल्गून । महिलाहरुकोलागि वीरगंजमा मधेश सिमान्तकृत शसक्तिकरणका लागि पत्रकारीता तालिम आज देखि शूरु भएको छ ।

अन्तर राष्टि«य दाता यूनेस्कोको सहयोग र गैर सरकारी संस्था लोक संचारको आयोजनामा शूक्रबार देखि १२ दिन चल्नेछ । वीरगंजको होटेल वीरगंज गेटवेमा संचालित तालिमको उदघाटन नेपाल पत्रकार महासंघका अध्यक्ष अनूप तीवारी गरेका हून् ।

विज्ञापन

पत्राकारीता क्षेत्रमा महिलाको सहभागिता कम रहेकोले महिलाहरु सम्बन्धि मूदाहरु बाहिर आउन नसकेको अध्यक्ष तीवारीले बताए । यस तालिमले महिलाहरुलाई सशक्त बनाउने र पत्रकारीता क्षेत्रमा ल्याउन विश्वास व्यक्त गरे ।
सिमान्कृत महिलाहरु पत्रकारीतामा लागे मधेशसका ग्रामिण भेग मूदाहरु उजागर हूने र यसले राज्यको निति निमार्णमा टेवा पूरयाउने झाले बताए ।

यस अघि जनकपूरमा मधेशकै धनूषा,महोतरी, सिरहा र सप्तरीमा यस्तै प्रकारको तालीमको आयोजना गरीएको थियो । अहिले वीरगंजमा मधेशका बाकी चार जिल्लाका महिलाहरुका लागि यो तालिम आयोजना गरीएको उनले बताए ।

तालिममा पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाका २० जना यूवती र महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई पत्रकार माधूरी महतो र सलमा खातूनले सहजीकरण गरीरहेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here