विज्ञापन

दिनेश कूमार मिश्र, वीरगंज, ११ फाल्गून । पोखरिया नगरपालिकामा एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिका नगर उपप्रमूख स्तरीय बजेट बाट सम्मान कार्यक्रम गरीएको हो । पोखरिया नगरपालिका भरिका ६० जना एकल महिलाहरुलाई अत्यावश्यक सामान टर्च, मच्छरजाली र बेडसिट वितरण भएको थियो ।

सो कार्यक्रम पोखरिया नगरपालिकाको वडा नं.७ मा रहेको श्री मोहबनी पदम मा.वि. रानीगंज श्रीसियामा राखिएको थियो ।
पोखरिया नगरपालिकाको आयोजनामा भएको एकल महिलाहरुलाई सम्मान गर्न पाउदा उप प्रमूख रुवी ठाकूर खूशी व्यक्त गरेकी थिइन् ।

विज्ञापन

महिला भएको नाताले पनि एकल महिलाहरुको समस्यालाई बूझन पालिकामा जतिखेर वा फोन सम्पर्क गरेर बताउन सकिने र समस्याको सामाधान गर्ने उप प्रमूख रुवि ठाकूरले बताइन् ।

पोखरिया नगरपालिका वडा नं.५ का वडा अध्यक्ष महेन्द्र महतो ले पनि एकल महिलालाई सो समान वितरण गरेर सम्मान गरेका थिए । कार्यक्रममा श्री मोहबनी पदम मा.वि.का प्रअ शंकर रौनियार लगायत विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here