अभितक, वीरगंज, ११ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत आजको खेल सखूवा प्रसौनी गापा र बहूदरमाई नपा वीच भएकोमा बहूदरमाई नपा विजयी भएको छ ।

सखूवा प्रसौनी गापा टास जितेर बौलिंग गर्ने फैसला लिएको थियो । बहूदरमाई नपा पहिला बैटिंग गर्दा निधार्रित १६ ओभरमा ४ विकेट गूमाएर १२९ रन बनाएको थियो ।

१३० रनको लक्ष्य पछयाउदै सखूवा प्रसौनी गापा निर्धारित १६ ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएर ५ रनले हार व्योहोर्नू परेको थियो । बहूदरमाई नपाका दिपेश यादव ८ बौलमा २१ रन र ४ ओभरमा २१ रन दिएर १विकेट लिएर मैन अफ दि मैच भए ।
दोश्रो खेल कालिकामाई गापा र जगरनाथपूर गापा विच भएको थियो । टास जितेको जगनरनाथपूर गापा पहिला बैटिंग गर्दा निधार्रित १६ ओभरमा ८ विकेट गूमाएर ७१ रन बनाएको थियो ।

७२ रनको लक्ष्य लिएको कालिकामाई गापा ९ ओभरमा ५ विकेटको क्षतिमा ७३ रन बनाएर जित हासिल गरेका थियो । कालिकामाई गापाका अजय महतो २१ बलमा २१ रन र ३ ओभरमा १६रन दिएर ३विकेट लिएर मैन अफ दि मैच बनेका थिए ।

भोलीको पहिलो खेल छिपहरमाई गापा र धोविनी गापा विच भने दोश्रो खेल परवानीपूर गापा र पोखरिया नगरपालिका विच हूने सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here