कृष्ण यादव, परवानीपूर, ०३ चैत्र । चैनपूर परिवारको आयोजना र परवानीपूर गाउपालिकाको सहयोगमा प्रथम चैनपूर प्रीमियर लिग क्रिकेट प्रतियोगिता २०८० शूरु भएको छ । सिपिएलमा ६वटा क्रिकेट समूह भाग लिएको छ । त्रिकेट प्रतियोगिता चैनपूर प्रीमियर लिग क्रिकेट प्रतियोगिता २०८० का अध्यक्ष प्रदिप महतोको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमूख अतिथि रहेका परवानीपूर गाउपालिका अध्यक्ष रामक्षेत्री प्र’साद पटेलले बैटिंग गरेर उदघाटन गरेका थिए ।

त्रिकेट खेलाडीहरु देशको नाम विश्वमा नै फैलाइरहेकोले यस खेल प्रति आफनो पालिकाका खेलाडीहरुको मनोबल बढाउन पालिकाले सहयोग गरेको बताए । आउने दिनमा पनि यस प्रतियोगिताको लागि राम्रो बजेट छूटयाउने बताएका थिए ।

पहिलो खेलमा विरता राइडर्स र चैनपूर इगल्स बिच हूदा चैनपूर इगल्स टास जितेर फिलिडिंग रोजेको थियो । विरता राइडर्स १३ ओभरमा सबै विकेट गूमाएर ८६ रन बनाएको थियो ।

८७ रनको लक्ष्य पछयाउदै चैनपूर इगल्स ११ ओभरमा ६ विकेट गूमाएर लक्ष्य प्राप्त गरेर विजय हासिल गरेको थियो । चैनपूर इगल्सका अरविन्द यादव ४ ओभरमा १४ रन दिएर ५ विकेट लिएर मैन अफ दि मैच घोषित भएका थिए ।
दोश्रो खेलमा रामटोल वारीयरर्स र शिवपूर टाइगर्स विच भएको थियो । शिवपूर टाइगर्स टास जितेर फिल्डिंग रोजेको थियो ।

रामटोल वारियर्स १२ओभरमा सबै विकेट गूमाएर ९९रन बनाएको थियो । १०० रन को लक्ष्य लिएको शिवपूर टाइगर्स १४ओभरमा सबै विकेट गूमाएर ८२ रनमा सिमित भएको थियो । रामटोल वारियर्सका साजन पटेल ३ओभरमा १९ रन दिएर ३विकेट लिएर मैन अफ दि मैच घोषित भएका थिए ।

भोलिको पहिलो खेल रोयल च्यालेन्जर्स चैनपूर र रामटोल वारियर्स विच र दोश्रो खेल चैनपूर कैपिटल्स र विरता राइडर्स विच हूनेछ ।

प्रथम विजेता टिमलाई २५हजार ट«फी प्रमाणपत्र र उपविजेतालाई १५हजार ट«फी प्रमाणपत्र, वेस्ट बवलर, वेस्ट बैटस मैन,वेस्ट फिल्डर र मैन अफ दि सिरिज हूनेलाई ट«फी र प्रमाणपत्र दिइनेछ ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं.४का वडा अध्यक्ष गम्भिरा राउत कूर्मी, अतिथि पूर्व वडा अध्यक्ष गजेन्द्र पटेल, कार्यपालिका सदस्य महन्थ राम, वडा सदस्य जगदिश साह कानू, राजदेव पटेल, दिनेश साह तेली, कोषाध्यक्ष विशाल पटेल, सह सचीव दिपेश कूशवाहा, अशोक साह, उमाशंहर साह, सागर पटेल लगायतको सहभागिता रहेको चैनपूर परीवारका सचीव जयराम रामले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here