अभितक, वीरगंज, ३० फाल्गून ।
पोखरिया नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीलाई सम्मान गरीएको छ । पोखरिया नगरपालिकामा २५ वटा सामूदायिक विद्यालयहरु छन् ।

शिक्षकहरुको मनोबल उच्च पार्न निमित सम्मान कार्यक्रम राखिएको प्रमूख अतिथि रहेका नगर प्रमूख प्रदूमन प्रसाद चौहानले बताएका छन् । शिक्षक पेशामा लागेका सबै शिक्षक शिक्षिका, कर्मचारीहरुको महत्पूर्ण भूभिका रहेकोले सबैलाई सम्मान हून जरुरी छ ।

अन्य पेशामा लागेका सबै कर्मचारीहरुको पनि स्थानीय सरकारले सम्मान गर्ने योजना रहेको छ ।
कार्यक्रममा विशिष्ठ अतिथि रहेका पोखरिया नगरपालिकाका नगर उप प्रमूख रुवि ठाकूरले यस अघि नगरपालिका भरीमा रहेको जेहेन्दार विद्यार्थी भाइ बहिनीहरुलाई छात्रवृति प्रदान गरीएको थियो र अब शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरेर हामी गौरवान्ति ठानेका बताउनू भयो ।

स्वागत मन्तव्य राख्ने क्रममा पोखरिया नगरपालिकाका शिक्षा शाखा सहायक विनोद चौहानले सामूदायिक विद्यालयका अध्यापनमा अलि बढि ध्यान दिन जरुरी बताएका छन् ।

सरकारले तोकेको समयमा विद्यालयमा आउन र विषयगत पढाईका साथ साथै समाजमा भइरहेको विकृतिको विषयमा पनि विद्यार्थीहरुलाई अध्यापन गराउन अत्यन्तै आवश्यक भएको बताए ।

लोकसेवाबाट पास गरी आएका ३ जना शिक्षक शिक्षिकालाई पोखरिया नगरपालिकामा हाजिर गराउन जरुरी रहेकोले यस प्रति सबैले बूझिदिन आग्रह गरे ।
कार्यक्रममा सबै शिक्षक, शिक्षिका र कर्मचारीलाई बैग, गम्छा, डायरी र पेन दिएर नगर प्रमूख प्रदूमन प्रसाद चौहान, उप प्रमूख रुवी ठाकूर, विजय झा, विन्द्ययाचल ठाकूरले सम्मान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here