सजय यादव, वीरगंज, ०३ चैत्र । पोखरीयामा हनूमान ध्वजाको उदघाटन सम्पन्न भएको छ । पोखरीया नगरपालिका वडा नं ४मा रहेको विशाल हनूमान मन्दिरको प्राङगणमा १०१ फिट अग्लो हनूमान ध्वजाको हिन्दू संस्कृति अनूसार पूजापाठ गरेर स्थापना भएको हो ।
पोखरीया नगरपालिकाको नगर उप प्रमूख रुवी ठाकूरले पूजा गरेर उदघाटन गरेकी थिइन् । नगर उपप्रमूखले उप प्रमूखस्तरीय ६ लाखको बजेटबाट सो ध्वजा निमार्ण गरीएको बताइन् ।
सो कार्यक्रममा पोनपा वडा नं.४ का वडा अध्यक्ष लक्ष्मण साह कानू, वडा नं.५का वडा अध्यक्ष महिन्द्र महतो, वडा नं.१० का वडा अध्यक्ष सोनालाल साह, वडा नं.९ का वडा अध्यक्ष नैसाद आलम, पोखरीया नगरपालिकाका शिक्षा प्रमूख विजय झा, नेकपा ऐमाले नगर कमिटि अध्यक्ष विन्ध्याचल ठाकूर, नेता शंकर यादव, बूनी राउत कूर्मी, सूनीत साह गोड, रामेश्वर प्रसाद चौहान, योगेन्द्र प्रसाद रौनियार, शिक्षक रामबाबू प्रसाद चौहान, नन्दलाल पटेल, पारस ठाकूर लगायतको उपस्थिती रहेको थियो ।