वीरगंज, चैत्र ३ । भोजपुरिया उडान, वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका–४ स्थित सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालयमा शनिवार होलीमिलन समारोह सम्पन्न भएको छ ।

कार्यक्रमका अध्यक्ष आमोद गुप्ताले “समय के किमत बितल, उमिरिया के बाद आवता, बचपन के होली बहुत हमारा याद आवता” कविता वाचन गरेका थिए । त्यसैगरी, राकेश यादव मितवा र प्रअ विनोद मेहताले हास्यव्यङ्ग्यमा आधारित कविता वाचन गरेका थिए । लोकगायकहरू क्रमशः छोटु राज, चन्दन प्रजापति, उपेन्द्र उज्ज्वल र आनन्द यादवले वाद्ययन्त्रको तालमा होलीका लोकगीत प्रस्तुत गरेका थिए । विभिन्न जिल्ला र क्षेत्रबाट सहभागीहरूले होली, दहेज, राजनीति आदि विभिन्न विधामा भोजपुरी कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि भोजपुरी प्रतिष्ठान, बाराका अध्यक्ष रामप्रसाद साह थिए भने वरिष्ठ अतिथिहरु क्रमश: गणेश लाठ, प्रमोद पाण्डेय हेरम्ब, ध्रुव सिंह ठकुरी र दिनेश गुप्ता थिए। त्यसैगरी, कन्या माविका प्रधानाध्यापक तथा कवियित्री अनिता साह, मोतिउर्र रहमान, श्याम शर्राफ, विक्रम साह कानु, जय यादव, महन्थ राय, ​पत्रकाहरु राजेश मिश्र र बिमला गुप्ता लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कवियित्री अस्मिता पटेलले गरेकी थिइन्। अन्तमा, कार्यक्रममा प्रस्तुत कविताहरुको समिक्षा गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here