विज्ञापन

अभितक, वीरगंज, ०४ चैत्र । चैनपूर परिवारको आयोजना र परवानीपूर गाउपालिकाको सहयोगमा प्रथम चैनपूर प्रीमियर लिग क्रिकेट प्रतियोगिता २०८० शूरु भएको छ ।

दोश्रो दिनको पहिलो खेलमा रोयल च्यालेन्जर्स र राम टोल वारियर्स बिच हूदा रोयल च्यालेन्जर्स टास जितेर बैटिंग रोजेको थियो । १६ ओभरमा सबै विकेट गूमाएर १४९ रन बनाएको थियो ।

विज्ञापन

१५० रनको लक्ष्य पछयाउदै रामटोल वारियर्स १६ ओभरमा सबै विकेट गूमाएर १४६ रन बनाउदा ३ रन पराजित भएको थियो । राजन साह ३४ बलमा ६३ रन र ४ ओभरमा १ रन विकेट लिएर मैन अफ दि मैच घोषित भएका थिए ।
दोश्रो खेलमा चैनपूर क्यापिटल र विरता राइडर्स विच भएको थियो । चैनपूर क्यापिटल टास जितेर फिल्डिंग रोजेको थियो ।

विरता राइडर्स बैटिंग गर्दा १६ ओभरमा सबै विकेट गूमाएर १०७रन बनाएको थियो । १०८ रन को लक्ष्य लिएको चैनपूर क्यापिटलले १६ओभरको सबै विकेट गूमाएर लक्ष्य हासिल गरेर विजेता घोषित भएको थियो ।

चैनपूर क्यापिटलका निकेश पटेलले ३०बलमा ५१ रन बनाउदा मैन अफ दि मैच घोषित भएका थिए ।

निकेश पटेलको उत्कृष्ट खेल प्रदर्शनको लागि विशाल पटेल र अध्यक्ष प्रदिप महतोले ब्याट पूरस्कार दिएकोे चैनपूर परीवारका सचीव जयराम रामले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here