विज्ञापन

सजय यादव, विरगंज ०५ चैत्र । चैनपूर परिवारको आयोजनामा र परवानीपूर गाउपालिकाको सहयोगमा प्रथम चैनपूर प्रीमीयर लिग क्रिकेट तेश्रो दिनको खेलमा रोयल च्यालेन्जर्स विजयी भएको छ ।

रोयल च्यालेन्जर्स चैनपूर र शिवपूर टाइगर्स विच भएको खेलमा रोयल च्यालेन्जर्स चैनपूर टास जितेर फिल्डिग रोजेको थियो । शिवपूर टाइगर्स ब्याटिंग गर्दा १६ ओभर ७ विकेटको क्षतिमा १४३ रन बनाएको छ ।

विज्ञापन

१४४ रनको लक्ष्य पाएको रोयल च्यालेन्जर्स चैनपूर १५ ओभरमा ३ विकेटको क्षतिमा १४४ रन बनाएर विजय हासिल गरेको छ ।

रोयल च्यालेन्जर्स चैनपूरका राजन साहले ३२ बलमा ६७ र अशोक साहले ४५बलमा ३८रन जोडेर ११२ रन बनाएका थिए । भने ३२ बलमा ६७ रन बनाएर राजन साह मैन अफ दि मैच घोषित भएका थिए ।

भोलिको खेल चैनपूर क्यापिटल र चैनपूर इगल विच हूने आयोजक टिम अध्यक्ष प्रदिप महतोले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here