विज्ञापन

दिनेश कूमार मिश्र, वीरगंज, ०९ चैत्र । पोखरिया नगरपालिका वडा नं १०मा वर्थिंग सेन्टर बन्न लागेको छ । एक कार्यक्रमको विच पर्सा जिल्ला क्षेत्र नं.३ (क) को प्रदेश सभा सदस्य प्रमोद जयसवालले शिलान्यास गर्नू भएको छ ।

पहिलो तल्लामा थप प्रदेशस्तरीय २५लाखको बजेटबाट ६ कोठा निमार्ण हून लागेको जयसवालले बताएका छन् । सो वर्थिंग सेन्टरले आसपासका महिलाहरुलाई सहज हूने उदेश्यले निमार्ण गर्न लागेको र आफू खूशी महसूस भएको पनि जानकारी गराए ।

विज्ञापन

पोखरिया नगरपालिकामा वर्थिग सेन्टरको लागि प्रदेश स्तरीय वजेट विनियोजन गरेकोमा नगरप्रमूख प्रदूमन प्रसाद चौहानले प्रदेश सभा सदस्य प्रमोद जयसवाललाई धन्यवाद दिएका थिए ।

स्थानीय तहले मात्र नभई प्रदेश स्तरीय वजेटबाट पनि धेरै विकाश निमार्णका काम भएको पनि बताए । खास गरेर स्वास्थ्य क्षेत्रमा काम गर्न आफू पनि उतिकै उत्साहित रहेको र आफनो लक्ष्यमा यो थप विकास हूदा प्रदेश सभा सदस्य जयसवाललाई स्वागत पनि गरेका थिए ।

कार्यक्रममा विन्धयाचल ठाकूर, वडा अध्यक्ष नौसाद आलम, लक्ष्मण साह तेली, झोटी महतो कम्कर, लालदेव, नूरमिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here