दिनेश कूमार मिश्र, वीरगंज, ०९ चैत्र । पोखरिया नगरपालिकाको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ । नगरप्रमूख प्रदूमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको हो । असत्यमाथि सत्यको विजय भएको दिनलाई होली पर्व मनाउने चलन रहेको बताए ।
आपसी भाइचारा, सदभावको पर्व रहेकोले कसैले कसैको प्रति वैमनयस्ता राख्नू हूदैन ।
होली पर्व सबैले खूशी साथ मनाउन आग्रह गरेका थिए । आफू पोखिरया नगरपालिकाका स्तरोन्नतीको लागि लागिपरेका बताएका थिए । आफनो पार्टी नेकपा ऐमाले नया सरकारमा सहभागि भए पश्चात काठमाडौ पूगी नेकपा ऐमालेका अध्यक्ष तथा पूर्व प्रधानमंत्री श्रद्धेय के पी ओली, उप प्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघूविर महासेठ, गृह मन्त्री रवी लामिछाने, कृषि मन्त्रि ज्वाला साह, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मंत्री बलिराम अधिकारी, ऐशियाली विकास वैकका प्रमूख नरेश गिरी लगायतका मन्त्रालयमा वृहत छलफल गरेर आएको बताए ।
आफू ढूक्क रहेको र नगरबासीलाई पनि पोखरिया नगरपालिकाको विकास निमार्ण निमित ढूक्क रहन आग्रह गरेका थिए । निरन्तर प्रयास पछि नै सफलता हासिल हूने गरेको इतिहास नविर्सन पनि आग्रह गरे । यसपालिको होली झन उत्साहित भएर मनाउन जाड रक्शी प्रयोग नगरीदिन पनि अनूरोध गरेका थिए ।
कार्यक्रममा अतिथि उप प्रमूख रुवी ठाकूर , नि.प्रमूख प्रशासकिय अधिकृत अजय श्रीवास्तव, प्रशासन प्रमूख तथा योजना प्रमूख संजय पाडे,शिक्षा शाखा प्रमूख विजय झा, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।