अभितक डेस्क, २० जेठ/ बालबालिकाहरुले विद्यालय र समाजमा कस्तो व्यवहार गरिरहेका छन् ? पक्कै पनि यो धेरै हदसम्म अभिभावकको पालनपोषणको कुरा व्यक्त गर्दछ ।
बच्चाहरूले बदमासी नगर्ने होइन, तर बच्चा अरुसँग अपमानजनक व्यवहार गरिरहेको छ भने यो कुरा पहिले बाहिरका मानिसहरूले थाहा पाउँछन् । बच्चाको नराम्रो बानीलाई बेवास्ता गर्नु हुँदैन ।
किनभने यस्तो व्यवहार समयमै नियन्त्रण गर्न आवश्यक छ । अभिभावकले आफ्नो बच्चालाई बेवास्ता गरेर वा आवश्यकता भन्दा बढी माया गरेर उसलाई ठूलो हानि पु-यारहेको हुन्छ । ससाना कुराहरू छन्, जुन बच्चाहरूलाई बाल्यकालदेखि नै सिकाउन र बताउनु पर्छ । यस बारेमा जानौं ।
सहयोगी भावना
नानीबाबुहरु सहयोग गर्न सक्षम छन् भने, उनीहरुलाई छिमेकीहरुको सहयोग गर्न प्रेरित गर्नुहोस्। सामाजिक कार्यमा उनीहरुलाई बाधा नगर्नुहोस्। यसबाट उत्पन्न हुने भावनाहरू भविष्यमा पनि उनीहरूका लागि धेरै उपयोगी हुनेछन्। यसो गर्दा उनीहरूले पनि समुहमा मिलेर काम गर्न सिक्छन्।
शेयारिंग इज केयरिङग
साना बच्चाहरूलाई एकअर्कासँग आफ्नो सामान साझा गर्ने र मिलेर बस्ने बानी सिकाउनुहोस् । यसो गर्दा बालबालिकाहरुले अन्य बालबालिकासँग खुसी हुन सिक्छन् र उनीहरूमा भेदभावको भावना विकास हुँदैन ।
अभिवादन
मानिसहरूलाई भेट्नु र अभिवादन गर्नु राम्रो व्यवहार मानिन्छ। त्यसैले यो बानीप्रति बच्चाहरूलाई सानैदेखि प्रेरित गर्नुहोस्।
जब बच्चाहरूले मानिसहरूलाई अभिवादन गर्न सिक्छन्, तब उनीहरूको व्यक्तित्वमा सकारात्मक परिवर्तनहरू आत्मसात गर्न सकिन्छ। सकारात्मक बानी व्यवहार भएको बालबालिकाहरुलाई ठुला देखि साना सबैले बढी माया गर्छन् ।
आदर र सम्मान
बालबालिकाहरुलाई बाहिर मात्र होइन घरमा पनि ठूलालाई आदर गर्न सिकाउनुहोस्। जब तपाईं अग्रजहरुसँग भेट्नुहुन्छ, त्यसबेला वरपर बालबालिकाहरु पनि हुन सक्छन् र उनीहरुले अग्रजप्रति तपाइको व्यवहार सुक्ष्म रुपमा नोटिस गरिरहेका हुन्छन्।
त्यस कारण अभिभावकको व्यवहार अग्रजप्रति सकारात्मक र उतावालोपनशुन्य हुनुपर्छ। बालबालिकाहरुमा अरुप्रति आदर र सम्मानजनक व्यवहार विकास गर्नको लागि अभिभावाकजनको व्यवहार अग्रजप्रति सम्मानजनक हुनै पर्छ।
आत्मनिर्भर बनाउने
स्वतन्त्रताको महत्व बुझ्नु अति आवश्यक छ र बालबालिकालाई बाल्यकालदेखि नै केही कुरामा आत्मनिर्भर बनाउनु अति आवश्यक छ । यदि उनीहरू सक्षम छन् भने, तिनीहरूलाई स्वयम् खान दिनुहोस्।
कतिपय बेला आमाबुबाले आफ्ना छोराछोरी ठूलो हुँदा पनि आवश्यकता भन्दा बढी माया प्रदर्शन गर्छन्, जुन उनीहरूको भविष्यको लागि कदापि राम्रो होइन।
ससाना धेरै कुराहरु छन्, जसले बालबालिकाहरुमा सकारात्मक सोच र व्यवहार अङ्कुरण गर्न सकिन्छ।