
पर्सा– पोखरिया नगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत “श्रमको सम्मान, राष्ट्रको अभियान” कार्यक्रम आइतवार पोखरिया नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।
पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा अभिमुखिकारण कार्यक्रमको भएको प्रमुख प्रसासकिय अधिकृत अजयकुमार श्रीवास्तवले बताए ।
पोखरिया नपाका जनप्रतिनिधि, वडा सचिव र बेरोजगार नागरिकहरुको उपस्थिति रहेको थियो। प्राबिधिक साहायक अर्जुन ठाकुर र रोजगार साहायक सुनिल प्रसाद चौहानको संयोजकत्वमा कार्यक्रम भएको हो । प्रस्तुतीकरण रोजगार सेवा केन्द्रका प्रमुख रोजगार संयोजक विजय साहले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन