यसैगरी, युनिटी युवा क्लबले दोस्रो गोल प्रहार गरेर २–१ अन्तर कायम गर्यो। भेट्रान्स सिटीले पुन: गोल गर्यो र २-२ को बराबरीमा खेल झनै प्रतिस्पर्धात्मक बन्यो । खेलको अन्तिम समयमा युनिटी युथ क्लबका रेमन डंगोलले टिमका लागि तेस्रो गोल गरेपछि सोहि गोल निर्णायक बन्यो ।
खेलमा प्लेयर अफ दी म्याच युनिटी युवा क्लबका रेमन डंगोल घोषित भए । बेस्ट कोच ऑफ़ सिरिज कृष्णा कार्की, बेस्ट गोलकिपर दिपेश चौधरी, बेस्ट डिफेन्स सुशील पटेल, बेस्ट मिडफिल्ड रोहित चौधरी घोषित भएका थिए। लिगका विजेता र उपविजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र पाएका थिए । पर्सा जिल्ला फुटबल सङ्घका अध्यक्ष रोशन कलवारको अध्यक्षतामा भएको समापन समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
अखिल नेपाल फुटबल सङ्घ मधेश प्रदेशका महासचिव दिपक साह, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल खेलकुद पत्रकार मञ्च, पर्साका अध्यक्ष तिवारी यादव, भेट्रान सिटि क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत, उपाध्यक्ष सागर राणा लगायतको उपस्थिती रहेको थियो । सङ्घका कोषाध्यक्ष पंकज श्रेष्ठले स्वागत मन्तव्य तथा सहजीकरण सङ्घका महासचिव विनोद परियारले गरेका थिए ।