sarbochch adalat
विज्ञापन

पर्सा – सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ ​२२औ पटक सरेको छ ।​

त्रिभुवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक हुँदै मितेरीपुलसम्मको मुख्य सडक विस्तारको मुद्दा आइतवारका लागि पेशी तोकिएको थियो । तर, उक्त मुद्दा हेर्न नभ्याइनेमा ​परेपछि २​२ओैं पटक मुद्दाको पेशी सरेको हो ।​ सर्वोच्च अदालतको वेब साइटमा अङ्कित सूचना अनुसार २३औं पेशी आगामी असार ०९ गतेका लागि तोकिएको छ।

विज्ञापन

वीरगंजको मुख्य सडक विस्तारको मुद्दाको पेशी आइतवार सर्वोच्च अदालतका न्यायधिशद्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलाशमा परेको थियो ।

शुक्रवारकै मुद्धा सुनुवाईको निरन्तरता रहेकाले ​वीरगंज सडक विस्तारको मुद्धा हेर्न नभ्याइनेमा परेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिए ।

निवेदक लक्ष्मण साह रौनियार, राजकुमारी देवी तुलस्यान, भरत प्रसाद रौनियार र वीरेन्द्र कुमार संघाईले दायर गरेको रिटको पेशी​ आइतवार इजलास नं ​७ को पहिलो नम्व​मा परेको थियो ।

सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय, हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा सडक विस्तार गर्ने तयारी गरे पनि मुद्दाको टुङ्गो नलाग्दा सडक विस्तारको काम अन्योलमा छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here