पर्सा– जगरनाथपुर गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा स्तम्भ सङ्ख्या ४२१/५ नजिकै गाडिएको अवस्थामा दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सीमा सुरक्षा बलको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा ओरिया खोलाको किनारमा गाडिएको शव स्यालले खोतलेको भेटेको थियो ।

इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले घटनाको सूचना पाए लगत्तै उनको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलमा पुगेको थियो । अन्दाजी ३५ बर्षीय युवकको शव खनेर निकालिएको अर्को शल निकाल्न बाँकी रहेको प्रहरीको थापाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here