तस्विर श्रोत : जल तथा मौसम विज्ञान विभाग​, मौसम पूर्वानुमान महाशाखा।
विज्ञापन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मङगलवार विशेष बुलेटिन जारी गरी जनमानसलाई बढ्दो तापक्रमको प्रकोपबाट बच्न आग्रह गरेको छ । तातो दिन तथा तातो लहर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखिअधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ महाशाखाले जनाएको छ ।

चेतावनी तथा परामर्शः

विज्ञापन

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू(भागहरूमा आगामी तीन दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा ९ज्यत ध्ष्लम० तथा तातो लहर ९ज्भबत धबखभ० को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी ३ दिन तातो हावा तथा तातो लहरको सम्भावना
तस्विर श्रोत : जल तथा मौसम विज्ञान विभाग​, मौसम पूर्वानुमान महाशाखा।

सम्भावित असर तथा सुझावहरूः

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।

उपायहरूः

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी, महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने तथा सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here