apradh, crime
जिल्ला प्रहरी कार्यालय, पर्सा।
विज्ञापन
वीरगंज – बहुदरमाई नगरपालिका-७ भौंराटारस्थित नहरको सडकबाट प्रहरीले लागू औषध गाँजा नियन्त्रणमा लिएको छ ।
डोकैलातर्फबाट मोटरसाइकलमा आउँदै गरेको व्यक्तिले प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ बोरा फाली फरार भएको तथा उक्त बोरा चेकजाँच गर्दा लागू औषध गाँजा १० किलो फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा फरार व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here