Bharat Tal, Sarlahi
तस्विर श्रोत : बागमती नगरपालिकाको वेबसाइट।

वीरगंज  – सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा अवस्थित माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुङ्गा, गिट्टी र बालुवा लगाएतको नदीजन्य पदार्थको बिक्री वितरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल निलम्बित नगरप्रमुख भरतकुमार थापासहित छ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा मङ्गलवार विशेष अदालत काठमाडौँमा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार निलम्बित नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालिन प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल तथा तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल गरी पाँचजना विरुद्ध जनही रु ३०,२९,३४,८९७ बिगो तथा कैदको मागदाबी सहित मुद्दा दायर गरिएको हो ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी विरुद्ध कैद तथा जरिवानाको मागदाबी लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन