dui thunga ful
तस्वीर : सौजन्य ।
विज्ञापन

काठमाडौं – गायक तथा सङ्गीतकार रोशन राई (पालुवा स्टार) को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ । राई काजी चाम्लिंङको शब्द, सङ्गीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत शनिवार रिलिज गरिएको हो ।

हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतमको अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा सङ्गीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  ।

विज्ञापन
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here