भारतको पश्चिम बङगाल राज्यमा सोमबार मालवाहक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा पन्ध्रजनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीहरुले बताएका छन् ।
दार्जिलिड्ढो फान्सिडेवा क्षेत्रको रङगापानी रेलवे स्टेशन नजिकै स्थानीय समय अनुसार बिहान करिब नौ बजे मालवाहक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुवाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुको आफन्तजनहरुप्रति संवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
यसैगरी, पश्चिम बङगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट स्तब्ध भएको उल्लेख गरेकी छिन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहिले राहत तथा बचावको कार्य पूरा भइसकेको छ । घटनाको थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।