वीरगंज – १०औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा वडा नं ४ स्थित शिवमन्दिरको प्राङ्गणमा योग शिविर सञ्चालन हुने भएकोे छ ।

भारतीय महावाणिज्य दूतावास, वीरगंजले योग दिवसको अवसरमा मधेश प्रदेशको विभिन्न जिल्ला र शहरहरुमा योग शिविर सञ्चालन गर्दै आइरहेको छ । सोही क्रममा बिहीवार पोखरिया नगरपालिका वडा नं.४ स्थित शिव मन्दिरको धर्मशालामा बिहान ५ः३० देखि ७ः०० बजेसम्म योग शिविर सञ्चालन हुनेछ ।

पोखरिया नगरपालिका नगर प्रमूख प्रदूमन प्रसाद चौहानको अध्यक्षता तथा महावाणिज्य दूतावास, वीरगंजका कन्सुल जनरल देवी सहाय.मीणाको प्रमूख आतिथ्यमा कार्यक्रम हूने भएको छ । सो अवसरमा सहभागीहरुलाई विभिन्न चरणमा प्रथमतः प्रार्थना र त्यसपछि क्रमशः गर्दन, कंधा, हात, मेरुदण्ड, घूडा आदि अनेक प्रकारका योग अभ्यास गराइने पोखरिया नगरपालिकाका कविराज धिरेन्द्रप्रसाद सिंहले बताए । ताडासन, वृक्षासन, पादहस्तासन, अर्धचन्द्रासन, त्रिकोणासन, भद्रासन, बज्रासन, अर्ध उष्टासन, सशांकासन, बक्रासन, मकरासन, भूजंगासन, सेतूबन्धासन, उत्तानपादासन, अर्धहलासन, कपालभाँती, अनूलोमविलोम, शितली, भ्रामरी र अन्तमा ध्यान तथा प्रार्थना गरी कार्यक्रम समापन हूने सिंहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here