lagu aushadh
प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका अनुप थापा क्षत्री, सरोज राना मगर र कुशल मगर । तस्वीर : जिल्ला प्रहरी कार्यालय, पर्सा
विज्ञापन

पर्सा–वीरगंजस्थित शङ्कराचार्य द्वारबाट लागू औषधसहित मङ्गलवार तीनजना युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पर्सा प्रहरी कार्यालय सम्बद्ध लागु औषध नियन्त्रण ब्यूरो तथा प्रहरी चौकी ईनर्वाका संयुक्त प्रहरीको टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारततर्फबाट पैदल वीरगंज आउँदै गरेका पोखरा महानगरपालिका–३ निवासी २० बर्षीय अनुप थापा क्षत्री तथा सोही ठाउँ बस्ने २० वर्षिय सरोज राना मगर र जितपुरसिमरा उपमहानगर पालिका–१६ निवासी कुशल मगर पक्राउ परेका हुन् । उनीहरुलाई खानतलासी गर्दा निजहरुमध्ये अनुप थापा क्षत्रीले बोकेको रातो झोलाभित्र प्रतिबन्धित लागु औषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल तथा नुरफिन ४० एम्पुल फेला परेको प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।

विज्ञापन

लागु औषधसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here