hundi karobari
तस्वीर : जिल्ला प्रहरी कार्यालय, पर्सा ।
विज्ञापन

वीरगंज – हुण्डी कारोबारमा संलग्न एकजना भारतीय नागरिकलाई नेपाली मोटरसाइलसहित पर्सा प्रहरीले बिहीवार पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ५ मसिहानीस्थित सडकखण्डमा मप्र–०३–०२६प–५५९२ नंको नेपाली  मोटरसाइकलसहित भारत बिहार पश्चिमी चम्पारण जिल्ला बेतिया, ईनरूवा बजार बस्ने बर्ष ३२ को सिताराम प्रसाद कुशवाहालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

विज्ञापन

कुशवाहालाई खानतलासी गर्दा निजले मोटरसाइकलको दाहिने कार्वोरेटरभित्र लुकाई छिपाई राखेको र स्रोत नखुलेको नेपाली रु एक हजार दरको नोट ५ सय थान र नेपाली रु पाँच सय दरको नोट एक सय थान गरी रु पाँच लाख पचास हजारसहित निज सिताराम प्रसाद कुशवाहालाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here