पर्सा– वीरगंज कपडा बैंक तथा अमर चोक टोल सुधार समितीको संयुक्त आयोजनामा आज निश्शुल्क कपडा वितरण भएको छ ।
वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र अमर चोक सुधार समितीका अध्यक्ष सञ्जय पटेलको संयुक्त अध्यक्षता तथा वीरगंज महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष जगत साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वडा अध्यक्ष कानूले दिनदुखी तथा असहाय मानिसहरुको सेवा नै मानव सभ्यताको सबैभन्दा ठूलो धर्म भएकोले सबैले समाजसेवामा हातेमालो गर्नुपर्ने बताउँदै यस कार्यमा वीरगंज कपडा बैंक विगत लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेकोमा कपडा बैंक परिवारलाई धन्यवाद दिंदै अमर चौक टोल सुधार समितीले नेक कार्यको शुरुवात गरेकोमा आफू निकै खुशी भएको बताउँदै दुबै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
यसैगरी, दुबै संस्थाका सल्लाहकार प्रकाश उपाध्ययायले मन्तव्य व्यक्त गर्दै सेवा नै धर्म भएकोे र दीनदुखी तथा असहाय मानिसहरुको सेवाभावलाई प्राथमिकतामा राखी सहयोग प्रदान गर्दै आइरहेको बताउँदै सम्पुर्ण मानव समाजलाई सेवा र सहयोगमा तत्पर रहन आग्रह गरे ।
यसैगरी, वीरगंज कपडा बैंकका अध्यक्ष सिंहले, “तपाईंसँग धेरै कपडा छ भने हामीलाई दिनुस् र तपाईलाई आवश्यक छ भने हामीसँग निश्शुल्क लिएर जानुहोस्” को मुल मन्त्रलाई आत्मसात गरी विगत पाँच वर्षदेखि संस्था सेवारत रहेको र यसका लागि सम्पूर्ण सहयोगी दाताहरुले प्रदान गर्नु भएको कपडा प्रत्येक दिन कार्यालयबाट र आपत–विपतको समयमा पिडामा रहेका मानिसहरुको निवास स्थानमैं पुगेर सहयोग उपलब्ध गराउँदै आएको बताउँदै अमर चोकको नामाकरण गरिएको अग्रज जननेता समाजसेवी अमर बहादुर खड्गीको समाजप्रतिको अमुल्य योगदान समाजले सँधै सम्झनु पर्ने मनोभाव व्यक्त गरे । यसैगरी, अमर चोक टोल सुधार समितिका अध्यक्ष पटेलले वीरगंज कपडा बैंकका साथै सहभागी सम्पुर्ण महानुभावहरुप्रति धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा वडा नं ५ का वडासदस्य सञ्जु दाहाल, समाजसेवी हुकुम सिंह राजपुत, नेवा दे दबु महानगर कमिटीका अध्यक्ष सत्यम खड्गी, वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेल, कोषाध्यक्ष मनोज मिश्रा, निला कुमारी राम, अभिलाष कुमार गुप्ता, अमर टोल सुधार समितिका उपाध्यक्ष अजय यादव, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सहसचिव शेखर चौधरी, राजेश श्रेष्ठ, सुमन राना, दिपक सर्राफ, मोहन श्रेष्ठ, सचितानन्द पाल लगायत स्थानिय अग्रज, महिला तथा युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अमर चोक टोल सुधार समितीका सल्लाहकार जुलुम खड्गी तथा सहजीकरण चन्द्रकिशोर रामले गरेका थिए । सो अवसरमा नयाँ तथा पुराना गरी ३ सय ५० थान कपडा वितरण गरिएको अमर चोक टोल सुधार समितिका सचिव नवराज भट्टराईले बताए ।