briksharopan
तस्वीर : सौजन्य।

पर्सा– शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले राष्ट्रिय धान दिवसको अवसरमा नेपाल प्रौढ सङ्घ (वृद्धाआश्रम) वीरगंज महानगरपालिका–१६ नगवामा वृक्षारोपण गरेको छ । प्रतिष्ठानको आयोजना तथा नेपाल प्रौढ सङ्घको सहयोगमा राष्ट्रिय धान दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता तथा वीरगंज मनपा–१६ का वडाअध्यक्ष परशुराम चौरसियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चौरसियाले वातावरण जोगाउनको लागि वृक्षारोपण अत्यन्तै आवश्यक रहेको र आफू निकै खुशी भएको बताउँदै आयोजक र सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । उनले भने, “हामी सबैजना मिलेर रुख–बिरुवा रोपौ र त्यसको संरक्षण गरौं, किनभने त्यसैमा हाम्रो भलाइ छ र आउने सन्ततीको लागि हामी स्वच्छ वातावरण दिएर जानुपर्छ ।” त्यसैगरी, उनले जेष्ठ नागरिकहरुको सेवा सहयोग गर्नु मानव समााजको परम कर्तव्य रहेको र पुर्व मुख्यमन्त्री लालबाबु राउतले पुनः ४० लाख प्रौढ सङ्घलाई प्रदान गरेको जानकारी गराए । चौरसियाले वडा समितिबाट हुने सहयोगको लागि आफू जहिले पनि तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

त्यसैगरी, प्रतिष्ठानका अध्यक्ष मुना खनालले प्रकृति हाम्रो लागि जिवनदायिनी भएकोले “रुख रोपौं, वातावरण जोगाऔं र आउने सन्तततिको भविष्य स्वस्थ्य बनाउँ” भनी आग्रह गर्दै कार्यक्रमको आयोगक तथा सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुका साथै राष्ट्रिय धान दिवसको शुभकामना दिए ।

तस्वीर : सौजन्य।

त्यसैगरी, बिशिस्ट अतिथी डा वीरेन्द्र प्रधानले भने, “हाम्रो बुबाले जेष्ठ नागरिकहरुको सेवा सम्मान सबैले गरुन् भनी नेपाल प्रौढ सङ्घको स्थापना गरी वृद्धाआश्रम बनाउने जुन सपना देख्नु भएको थियो, आज उनको सपना साकार भएको देख्दा उहाँ जहाँ भए पनि निकै खुशी हुनु भएको होला र आफू पनि खुशीले भावुक बनेको छु ।” डा प्रधानले वृक्षारोपण जस्तो अत्यन्तै आवश्यक र महत्वपूर्ण कार्यक्रमको आयोजनाको लागि प्रतिष्ठान परिवार तथा प्रौढ सङघ परिवारलाई धन्यवाद दिए ।

कार्यक्रमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायले विगतको समयमा प्रकृतिको दोहनको नतिजा स्वरुप हामीले गत वर्षदेखि पानीको हाहाकार प्रत्यक्ष रुपमा भोगिरहेका छौं, त्यसैले हामी सबैजनाले रुख–बिरुवा रोपेर त्यस्को संरक्षण र सम्वर्धन गर्नु नै आजको वृक्षारोपण कार्यक्रमको मुुख्य उद्देश्य र संदेश रहेको बताए । उनले प्रतिष्ठानले समाजिक सेवाका साथै शिक्षा र स्वास्थको क्षेत्रमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको र आगामी दिनमा पनि अझ ससक्तताका साथ गर्ने बताए ।

तस्वीर : सौजन्य।

कार्यक्रममा नेपाल प्रौढ सङ्घका अध्यक्ष नन्द राउत अहिर, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, ईलाका प्रहरी कार्यालय, नगवाका प्रहरी नायब निरीक्षक दिपिन थापा, रेल्वे मावि, श्रीपुरका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, बिकन माविका प्रधानाध्यापक जय कुमार दनुवार, प्रकृति सेवा प्रतिष्ठान नेपालका सहसचिव अभिनाश झा, समाजसेवी बाबुनन्द चौरसिया, भगवान श्रेष्ठ, हुकुम सिंह राजपुत, हरिन्द्र यादव, भगवती युवा क्लबका अध्यक्ष सञ्जय श्रेष्ठ, युनाइटेड नेपाल फाउन्डेसनका अध्यक्ष आकाश दास, प्रतिष्ठानका कोषाध्यक्ष बिना खतिवडा आचार्य, अजित भुजेल, शान्ती माली, रीना विश्वकर्मा, पवन श्रेष्ठ, नवराज भट्टराई, अभिलाष गुप्ता, रितेश गुप्ता, गोबिन्द ताम्राकार, हेमन्त शाक्य, जानकी हाडा, जयराम पटेल, मनोज मिश्र लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रौढ सङ्घका उपाध्यक्ष अनिल रिजाल र सहजीकरण कोषाध्यक्ष श्रवण बहादुर रायमाझीले गरेका थिए । कार्यक्रमको समापन पश्चात् सहभागीहरुलाई दही, चिउरा र आँप खुवाईएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here