वीरगंज, ०३ असोज । जगरनाथपुर गाउपालिकाले संविधान दिवस र राष्टिय दिवस मनाएको छ । विक्रम संवत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको घोषणा तत्कालीन राष्टपति डा.रामवरण यादवले गरेका थिए ।
त्यसै सम्झनामा आयोजित कार्यक्रम गाउपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको हो । संविधान दिवसको अवसरमा आफना घरमा दिप प्रज्वलन गरेर खुशियाली मनाउन अध्यक्ष यादवले आग्रह गरेका थिए ।
जनचाहनानुसार संविधान संसोदन भइरहन्छ र यो हाम्रो दशौ संविधान हो । राज्य संचालन गर्दा जनतालाई सुविधा हुन्े गरी नै संविधान बनाइएको गाउपालिका अध्यक्ष श्रीकान्त यादवले जिकिर गरेका थिए ।
यो संविधानले यदि देश र जनताको लागि पर्याप्त विकाश भएन भन्ने फेरि संसोधन गर्न सकिने बताए । सो अवसरमा पालिकाको परिसरमा अध्यक्ष यादवले राष्टिय झण्डा झण्डातोलन गरे पश्चात लडु बाडेर खुशी साटा साट गरेका थिए । सो अवसरमा गाउपालिका उपाध्यक्ष बविता सिंह क्षेत्री, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी लगायत स्थानीय भद्र भलादमीको उपस्थिती रहेको थियो ।