काठमाडौँ। नेपालले आइतबार श्रीलंकालाई ५–० ले पराजित गर्दै यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा पक्का गरेको छ। नेपालको तर्फबाट सुजन डंगोल, धर्मेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लक्षु थापाले समान १–१ गोल गरे। श्रीलंकाले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
समूह ‘ए’ बाट बंगलादेशले भुटानलाई ३–० ले हराउँदै सेमिफाइनल स्थान सुनिश्चित गरेको छ। बंगलादेशका लागि मोहम्मद मर्सेद अली, सुमाने सोरेन र नजमुल हुडाले गोल गरे।
अब समूहको अन्तिम खेलमा माल्दिभ्स र भुटान भिड्नेछन्। माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भुटानलाई जित अनिवार्य छ।

























