राजेश मिश्र, वीरगंज — कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना अबदेखि संस्थागत रूपमा नेपाल खानेपानी संस्थानको स्वामित्वमा सञ्चालनमा आएको छ।

एक भव्य समारोहका बीच आयोजित उद्घाटन कार्यक्रममा संघीय खानेपानी मन्त्री प्रदीप यादवले औपचारिक रूपमा आयोजनाको उद्घाटन गरेका थिए। यो ऐतिहासिक अवसरले खपरताता क्षेत्रमा दीर्घकालीन, गुणस्तरीय र सुरक्षित खानेपानी पहुँचमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

विज्ञापन

​मन्त्री यादवले उद्घाटन मन्तव्यका क्रममा आयोजनासँग प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सबैलाई आभार व्यक्त गर्दै खपरताताका नागरिकहरूले दीर्घकालीन रूपमा भरपर्दो र सुरक्षित खानेपानी सेवा प्राप्त गरून् भन्ने शुभकामना व्यक्त गरे।

​नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट आयोजना स्वीकृत गर्दै सेवा सञ्चालनमा लिएको हो। संस्थानले अब यस आयोजनालाई अझ दक्षता, पारदर्शिता र दिगोपनका साथ सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

स्थानीय बासिन्दाहरूले अब सहज र विश्वसनीय रूपमा शुद्ध खानेपानी सेवा प्राप्त गर्न सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ। यस आयोजनाले स्थानीय विकास र जनजीवनको गुणस्तर ​उत्थान गर्न महत्वपूर्ण योगदान दिनेछ।

कार्यक्रमको अध्यक्षता वडा नं. ८ का वडाध्यक्ष रंजीत चौरसियाले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जसपा कार्यकारिणी सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, जसपा बारा जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमद, संघीय परिषद सदस्य असलम आलम र लालदेव यादव, नेकपा माओवादी केन्द्र, कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, तथा समाजवादी युवा सङ्घ, बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डे लगायत सथानीय वासीको भव्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here