काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्‌फरपुर ४०० केभी प्रसारण लाइनको दुवै सर्किटमा आएको समस्या तथा मौसमी प्रभावका कारण बिहीबार साँझ देशभर विद्युत् आपूर्तिमा समस्या आएको स्पष्ट पारेको छ।

बिहीबार साँझ ५:३५ देखि ८ बजेसम्म अधिकांश क्षेत्रमा विद्युत् अवरुद्ध भए पनि यो लोडसेडिङ नभई प्राविधिक समस्या रहेको प्राधिकरणले जनाएको छ।

विज्ञापन

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ फर्कियो’ भन्ने आशंका असत्य भएको बताए। उनका अनुसार लाइनमा समस्या आएपछि वैकल्पिक स्रोतबाट आपूर्ति मिलाउने प्रयास गरिए पनि बेलुकाको उच्च मागका कारण तत्काल आपूर्ति सम्भव भएन।

राति ८:०८ बजे सर्किट–२ सञ्चालनमा आएपछि क्रमशः आपूर्ति सामान्य भएको हो। हावाहुरीले पोल र कन्डक्टरमा क्षति पुर्‍याएकोले केही क्षेत्रमा ढिलो भएको प्राधिकरणले जनाएको छ।

यस्ता समस्या दीर्घकालीन रूपमा समाधान गर्न योजना बनाइएकाले लोडसेडिङ दोहोरिने अवस्था नरहेको प्राधिकरणको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here