तस्विर : सौजन्य।

वीरगंज, अभितक मीडिया —
“दृष्टिविहीनका लागि दृष्टि” भन्ने नाराका साथ वीरगंजमा आँखादानबारे जनचेतना फैलाउने उद्देश्यले जनजागृत कार्यक्रम सञ्चालन गरिएको छ। वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले आयोजना गरेको उक्त अभियानले नागरिकहरूलाई मृत्यु पश्चात् आँखादानको महत्वबारे सुसूचित र प्रेरित गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आँखादानलाई सामाजिक मात्र नभई मानवीय कर्तव्यको रूपमा व्याख्या गर्दै भने, “हामी सबै मिलेर यस्तो अभियानलाई सफल बनाउनु पर्छ, ताकि मृत्युपछि पनि हाम्रो योगदान कसैको जीवन उज्यालो बनाउन सकोस्। वीरगंज महानगरपालिका सदैव यस्ता जनहितका प्रयासमा अगाडि रहनेछ।”

विज्ञापन

अभियान अन्तर्गत जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आँखादानसम्बन्धी भ्रम, यथार्थ र प्रक्रियाबारे जानकारी प्रदान गरियो। तेरापंथ युवक परिषद्का प्रतिनिधि राजु वैदले सेवा, संस्कार र संगठनको त्रिआयामी उद्देश्य अनुरूप परिषद्ले आँखादानलाई प्राथमिकतामा राखेर निरन्तर कार्य गरिरहेको जानकारी गराए।

तस्विर : सौजन्य।

परिषद्का अनुसार आँखादानबारे अझै पनि समाजमा अनेक भ्रम र अपूर्ण जानकारी व्याप्त छन्। त्यसैले यस्तो अभियानले मृत्युपछि आँखादानमार्फत कसैको जीवनमा उज्यालो ल्याउन सकिन्छ भन्ने जनचेतना फैलाउने लक्ष्य लिएको हो।

कार्यक्रममा उद्योगी अशोक वैद, महानगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न शाखा–महाशाखाका कर्मचारी, समाजसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वीरगंज महानगरपालिकाले समेत यस्तो मानवीय प्रयासमा सहकार्य गर्न पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएको छ।

आयोजकहरूको भनाइअनुसार यस्ता जनचेतनामूलक अभियानलाई भविष्यमा पनि निरन्तरता दिइनेछ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here