अभितक मिडिया, वीरगंज — वीरगंज कपडा बैंकले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ सानो धोबिनीस्थित आगलागी पीडितलाई लत्ताकपडा तथा खाद्यान्न सहयोग प्रदान गरेको छ।

बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अध्यक्ष लालबाबु सिंह र सचिव कन्हैया पटेलको टोलीले पीडित सफी अहमद अन्सारीको घरमै पुगेर राहत हस्तान्तरण गरेका हुन्। राहत स्वरूप २ बोरा लत्ताकपडा, २ थान कम्बल, ५ थान बेडसिट, १ बोरा चिउरा, ५ केजी मिठाइ, १ किलो चना र नगद रु २,१०० प्रदान गरिएको थियो। नगद सहयोग अधिवक्ता गुप्ताले हस्तान्तरण गरेका थिए।

विज्ञापन

राहत वितरण कार्यक्रममा धोबिनी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मनौवर अहमद तथा नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सहकोषाध्यक्ष एवं समाजसेवी सल्लाउद्दिन अहमदको उपस्थिति रहेको थियो।

उक्त अवसरमा सल्लाहकार अधिवक्ता गुप्ताले, “तपाईँसँग धेरै छ भने हामीलाई दिनुहोस्, यदि कमि छ भने हामीसँग निःशुल्क लिनुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरगंज कपडा बैंकले विगत ६ वर्षदेखि असहाय, दिनदुःखीको सेवा गरिरहेको जानकारी गराए। उनले विपद् परेको बेलामा पीडितको घरआँगनमै पुगेर सहयोग पुर्‍याउनु नै सच्चा मानवताको उदाहरण भएको उल्लेख गर्दै सबैलाई सहकार्यका लागि आग्रह गरे।

वडाध्यक्ष मनौवर अहमद र समाजसेवी सल्लाउद्दिन अहमदले वीरगंज कपडा बैंकको मानवीय कार्यको सराहना गर्दै आगलागी पीडितको गाउँमै पुगेर राहत पुर्‍याउनु प्रेरणादायी कदम भएको बताए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here