Hilights

  • चन्दन राम र सन्नी साहले बलिङ र ब्याटिङमा उत्कृष्ट योगदान दिए।
  • विशाल पटेलले दुई खेलमा सानदार प्रदर्शन गर्दै ५ विकेट र २८ रन बनाए।

वीरगंज — मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत बिहीबार नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा पर्सा र रौतहटले विजयी प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो पकड बलियो बनाएका छन्।

विज्ञापन

पहिलो खेलमा पर्साले सर्लाहीलाई ६९ रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिले फिल्डिङ रोजेको सर्लाहीले पर्सालाई १९ ओभरमै १२३ रनमै सीमित गरे पनि जवाफी ब्याटिङमा खासै चम्कन सकेन। पर्साका लागि महम्मद समिरले ३० रन र सफवान अलीले २४ रन बनाए। बलिङतर्फ सर्लाहीका विशाल पटेलले ५ विकेट लिँदा नीरज यादवले २ विकेट लिए।

तर, सर्लाहीको ब्याटिङ कमजोर रह्यो। १३.४ ओभरमै टोली ५६ रनमा समेटियो। विशाल पटेलले २८ रन बनाए पनि अरू ब्याट्सम्यान टिक्न सकेनन्। पर्साका चन्दन रामले ५ विकेट लिँदै सानदार प्रदर्शन गरे भने रन्जित कुमारले १ विकेट लिए। उत्कृष्ट प्रदर्शनका आधारमा चन्दन राम ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा रौतहटले महोत्तरीलाई ४६ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको रौतहटले ५ विकेटको क्षतिमा १३५ रन बनायो। डब्लु मल्लिकले ६२ रन र सन्नी साहले ४७ रनको योगदान दिए। महोत्तरीका अभिषेक तिवारीले ३ विकेट लिए।

जवाफमा महोत्तरी १८.३ ओभरमा ८९ रनमै अलआउट भयो। प्रणय साहले २२ रन बनाए। रौतहटका नितेश यादव र सन्नी साहले समान ३–३ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि सन्नी साह ‘प्लेयर अफ द म्याच’ घोषित भए।

मधेश क्रिकेट लिगको यो चरणले युवा खेलाडीको प्रतिभा उजागर गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here