आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहने जलवायु पूर्वानुमान गरिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जलवायुविद्हरूले बताएका छन्। साथै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

विज्ञापन

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। ती क्षेत्रहरूका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जलवायु पूर्वानुमान शाखाले जनाएको छ।

मौसम विश्लेषण
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत देशको मौसममा परिरहेको छ। यही कारणले देशका विभिन्न स्थानहरूमा वर्षा र हिमपातको सम्भावना देखिएको हो।

मौसमविद्हरूले विशेषगरी हिमाली भेगका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् भने वर्षा सम्भावित स्थानहरूमा जलबहाव र चट्याङको जोखिमप्रति सचेत रहन अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here