लखनउ, उत्तर प्रदेश — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा क्वालिफायर १ मा पुग्ने लक्ष्यमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई सनराइजर्स हैदराबादसँगको हारले ठुलो झड्का दिएको छ। शुक्रबार भएको खेलमा हैदराबादले आरसीबीलाई ४२ रनले पराजित गर्दै प्लेअफ समीकरणलाई रोचक बनाएको छ।

२ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको आरसीबीको टोली १९.५ ओभरमा १ सय ८९ रनमै समेटियो। कप्तान प्याट कमिन्सको उत्कृष्ट बलिङ प्रदर्शन (४ ओभरमा २८ रन दिँदै ३ विकेट) र इशान मालिङ्गाको सघन साथ (४ ओभरमा ३७ रन खर्चेर २ विकेट) ले हैदराबादलाई जित दिलायो।

विज्ञापन

आरसीबीका ओपनर विराट कोहलीले २५ बलमा ४३ रन (७ चौका, १ छक्का) र फिल सल्टले ३२ बलमा ६२ रन (४ चौका, ५ छक्का) बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। मयंक अग्रवाल (११), रजत पाटिदार (१८), कप्तान जितेश शर्मा (२४), रोमारियो सेफर्ड (०), र टिम डेविड (१) सस्तै पवेलियन फर्किए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले इशान किशनको नटआउट ९४ रनको पारीको मद्दतले ६ विकेट गुमाएर २ सय ३१ रनको विशाल योगफल बनाएको थियो। किशनले ४८ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ गरे।

खेलको सुरुआतमा अभिषेक शर्मा (१७ बलमा ३४ रन) र ट्राभिस हेड (१० बलमा १७ रन) ले ४ ओभरमा ५४ रनको ओपनिङ साझेदारी गर्दै हैदराबादलाई उडान दिलाए। क्लासेनले १३ बलमा २४ रन र अनिकेत बर्माले ९ बलमा २६ रन बनाए। आरसीबीका रोमारियो सेफर्डले २ विकेट लिए।

यस हारसँगै आरसीबीको शीर्ष दुईमा पुग्ने सम्भावनामा धक्का पुगेको छ भने हैदराबाद आत्मविश्वासका साथ प्लेअफ प्रवेशको दौडमा अघि बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here