वीरगंज, पर्सा — उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहकार्यमा वीरगंजस्थित राणीसती मन्दिर धर्मशालामा शनिवार आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
Highlights
|
दुईजना महिलासहित २९ जनाले रक्तदान गरेका छन्। मुस्कान माहेश्वरी, कामना पौडेल, रोजन सिलवाल, रमेश साबु, दिपेन्द्रकुमार महरा, बिक्रम राम, अमन तामकाल, नितिन अग्रवाल, देवकुमार महरा, राहुल महतो, मुरारी राम, अमितकुमार केवट, अविनाश गुप्ता, श्यामनारायण साह, उदय साह, हरिओम चौहान लगायत रक्तदाताहरूले आफ्नो अमूल्य रगत दान गरेका थिए ।
कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका निवर्तमान मेयर विजय सरावगीले प्रथम रक्तदाता आयुश गुप्तालाई ब्लड संकलन ब्याग हस्तान्तरण गरेका थिए। कार्यक्रम उपकार सेवा नेपालका अध्यक्ष विध्या देवी सरावगी, राउन्ड टेबल नेपाल ३ का अध्यक्ष आयुश गुप्ता र बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ताको संयुक्त अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, मन्त्री विनोद गिरी, सामाजिक अभियन्ता प्रकाश थारु, राजेन्द्र भट्टराई, वीरगंज कपडा बैङ्कका अध्यक्ष लालबाबु सिंह, सौरभ पोद्धार र आयुश अग्रवाल लगायतको उपस्थिति थियो।
प्रमुख अतिथि सरावगीले सम्बोधनको क्रममा रक्तदान जात, धर्म, वर्ग, हैसियतभन्दा माथि उठेर मानवताको सेवा गर्ने माध्यम भएको बताए। उनले जीवन बचाउने कार्यमा संलग्न सबै रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रक्तदानको अभ्यास गर्न आग्रह गरे।
अध्यक्ष विध्या देवी सरावगीले हाल वीरगंज तथा वरपरका क्षेत्रमा रगतको अभावलाई ध्यानमा राखी कार्यक्रमको आयोजना गरिएको बताउँदै, समाजमा मानवता सुदृढ बनाउन सबैलाई नियमित रक्तदानमा सहभागी हुन अपिल गरिन्।
रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक सौरभराज पाण्डेको नेतृत्वमा रामबिनय यादव, आलोक यादव, मनिश गुप्ता, विवेक यादव लगायतको स्वयंसेवक टोलीले सहजीकरण गरेका थिए।
उक्त कार्यक्रमले वीरगंजमा सक्रिय सामाजिक संस्थाहरूको सहकार्यमा मानव सेवाको सफल उदाहरण प्रस्तुत गरेको छ।

























