वीरगंज, पर्सा – आज दिउँसो कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च-पहाडी र हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने पूर्वानुमान छ।

विज्ञापन

यसैगरी, रातिको समयमा कोशी र मधेश प्रदेशसहित देशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। यस्तै, कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा अन्य पहाडी भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहन्छ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here