वीरगंज, पर्सा  – सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय,  बिर्ताको सहकार्यमा साइबर अपराधसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवा–१६ मा आयोजित कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना विद्यार्थीहरूलाई साइबर सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले वृत्तचित्रको माध्यमबाट साइबर अपराध के हुन्, तिनबाट हुने नोक्सानी, कानुनी सजाय र जरिवाना लगायतका विषयमा विस्तृत रुपमा प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई सजग र सचेत रहन, अनलाइनमा सतर्कता अपनाउन र कसरी सुरक्षित रहन सकिन्छ भन्ने उपायहरूसमेत प्रस्तुत गरे।

विज्ञापन

प्रशिक्षणका क्रममा विद्यार्थीहरूले साइबर सुरक्षासम्बन्धी जिज्ञासा प्रस्तुत गरेका थिए, जसलाई निरीक्षक चौलागाईंले सहज भाषामा व्याख्या गर्दै सन्तुष्ट पार्ने प्रयास गरे।

सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरामावि, नगवाका प्रअ रामनारायण मिश्र, वीरगंज कपडा बैङ्कका अध्यक्ष लालबाबु सिंह, मुनलाइट विद्यालयका श्याम केसी, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल, सहकोषाध्यक्ष प्रमोद कुशवाहा, सदस्यहरू सावित्री भुमिहार, तारा विष्ट, ज्ञानमाया रायमाझी, सुशिल श्रीवास्तव, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु यादव, शिक्षक सरिता खडगी लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए। यस कार्यक्रमले विद्यार्थीहरूमा साइबर अपराधप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागिहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here