सुर्खेत — जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २:२५ बजे भूकम्पको पराकम्पन गएको छ।

नेपाल भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाका अनुसार ४.३ रिक्टर स्केलको उक्त पराकम्पनले जाजरकोट र आसपासका जिल्लाहरूमा हल्का झट्का महसुस गरिएको छ।

विज्ञापन

उनका अनुसार, “यो आज भएको मुख्य भूकम्प होइन, पहिलेका भूकम्पको पराकम्पन मात्र हो। तर, स्थानीयबासीलाई फेरि एकपटक त्रासमा पारेको छ।”

गत वर्षको ठूलो भूकम्पपछि जाजरकोट क्षेत्र निरन्तर पराकम्पनबाट प्रभावित हुँदै आएको छ। भूगर्भविद्हरूका अनुसार, मुख्य भूकम्पपछि यस्ता पराकम्पनहरू सामान्य प्रकृया हुन्, तर त्यहाँका जनतामा अझै त्रास कायम छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here