अन्तर्राष्ट्रिय योग दिवस २०२५ को तयारी । तस्विर : दिनेशकुमार मिश्र / अभितक

​दिनेशकुमार मिश्र, पोखरिया, पर्सा — भारतको महावाणिज्य दूतावास, वीरगंजको आयोजना तथा पोखरिया नगरपालिकाको सहकार्यमा आगामी अन्तर्राष्ट्रिय योग दिवस २०२५ को तयारी स्वरूप एक भव्य योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पोखरिया नगरपालिका–​४ स्थित जिल्ला उ​चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा मङ्गलवार आयोजना गरिएको हो।

Highlights

विज्ञापन
  • स्थान: जिल्ला उ​चाङ्गल रामदेव कलवार उच्च मा.वि., पोखरिया नगरपालिका, पर्सा

  • मिति: जेठ १३, २०८२

  • उद्देश्य: अन्तर्राष्ट्रिय योग दिवस २०२५ को तयारी स्वरूप योगप्रति जनचेतना अभिवृद्धि

  • आयोजक: भारतको महावाणिज्य दूतावास, वीरगंज

  • सहयोगी : पोखरिया नगरपालिका

  • प्रमुख अतिथि: भारतका कन्सुल जनरल देवीसहाय मीना

कार्यक्रमका प्रमुख अतिथि भारतका महावाणिज्य दूत कन्सुल जनरल देवीसहाय मीनाले योगको महत्त्वमा जोड दिँदै भने, “शरीरमा वात, पित्त र कफको असन्तुलनका कारण विभिन्न प्रकारका रोगहरू जन्मिन्छन्। योग अभ्यासले ती दोषहरूको सन्तुलन कायम राख्न सहयोग गर्छ। त्यसैले हरेक व्यक्तिले दैनिक योग अभ्यास गर्नु जरुरी छ।”

​यसैगरी, पोखरिया नपाका नगरप्रमुख प्रदुम्नप्रसाद चौहानले यस किसिमका गतिविधिहरूले स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे 

अन्तर्राष्ट्रिय योग दिवस २०२५ को तयारी । तस्विर : दिनेशकुमार मिश्र / अभितक

कार्यक्रममा​ कन्सुल अजय जैन, पोखरिया नपाका ​प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, शिक्षा शाखा प्रमुख बिजय झा, निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार, वडाध्यक्षहरू लक्ष्मण साह, नौ​साद आलम, ​परमानन्दप्रसाद कुर्मीलगायतका जनप्रतिनिधिहरू, शिक्षक, ​कक्षा १० का विद्यार्थी, अभिभावक तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामूहिक योगाभ्यासको नेतृत्व योग प्रशिक्षक धिरेन्द्र सिंहले गरेका थिए। उनले विभिन्न योग आसन, श्वासप्रश्वास अभ्यास तथा ध्यान विधिहरू मार्फत सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रमले स्थानीयस्तरमै योगप्रति जागरूकता फैलाउने र आगामी योग दिवसलाई सफलतापूर्वक मनाउने वातावरण तयार गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रम संचालन महावाणिज्य दूतावास, वीरगंज​का कन्सुल मनीषकुमार दास​ले गरेका थिए। 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here