पर्सा – पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं ६ संठी निवासी २३ वर्षीय विशाल यादवलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

जेठ ८ गते दिउँसो करीब २ बजे, आरोपी यादवले प्रेम गर्ने झुटा प्रलोभन देखाई नाबालिकालाई फकाएर वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिष्वास्थित आफ्नो कोठामा लगी पटक–पटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

विज्ञापन

आरोपी यादवलाई जेठ १२ गते पक्राउ गरी करणी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here