वीरगंज, पर्सा –जिल्ला पर्साको वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकमा प्रहरीले विशेष चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकजाँच टोलीले ३ बजेको समयमा वीरगंजबाट नारायणगढर्फ जाँदै गरेको बाप्र०६-००१ज०४०७ नम्बरको सार्वजनिक इभी गाडी जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
गाडीको छतमा रहेको चामलको बोराभित्र लुकाइ छिपाइ राखिएको ट्रामाडोल क्याप्सुल (Tramadol Capsules 50mg) का ५९९ पत्ता (५९९० ट्याब्लेट) फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
उक्त लागुऔषध भारतको विहार राज्य, मोतीहारी जिल्लाको ढाका थाना अन्तर्गत फुलवरिया गाउँ निवासी ३० वर्षीय महमद रियाज अन्सारीले राखेको खुलेको छ। उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























