मनिष पासवान। तस्विर : जिप्रका, पर्सा

पर्सा – एक २५ वर्षीया युवकले १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पाँच दिनदेखि हराइरहेकी नाबालिकालाई परिवारजनले खोजी गर्दा भारत घर भइ हाल वीरगंज महानगरपालिका वडा नं. १५ स्थित भिष्वामा कोठा भाडामा लिइ बस्दै आएको मनिष पासवानले नाबालिकालाई विहे गर्ने बहानामा ललाई फकाई भारत लगी बारम्बार करणी गरेका पिडितको आरोप छ ।

विज्ञापन

पीडित पक्षको जाहेरीको आधारमा प्रहरीले मनिष पासवानलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले युवकलाई करणीसम्बन्धी कसूरमा पक्राउ गरेको र पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here