बारा – बारामा ८ वर्षीया एक बालिकाको सामुहिक बलात्कार गरिएको घटना प्रकाशमा आएको छ । बाराको प्रसौनी गाँउपालिकाकी ८ वर्षीया बालिकामाथि जेठ १३ गतेराति १० बजेतिर सामुहिक बलात्कार भएको भएपनि घटना अहिलेमात्रै प्रकाशमा आएको हो ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । उनिहरुको परिचय प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटना १३ गतेरातिको भएपनि घटनाबारे प्रहरीलाई जेठ १४ गतेमात्रै खबर भएको बताए।
स्वास्थ्य परिक्षणबाट पिडित भनिएकी बालिकामाथि सामुहिक बलात्कार भएको पुष्टि भएको उनले बताए । पिडित बालिकालाई उनका अभिभावकले वीरगंजको नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि उपचारका क्रममा बलात्कारको पुष्टि भएपछिमात्रै प्रहरीमा खबर गरिएको उनले बताए ।
प्रनाउ पण्डितले भने,‘घटना जेठ १३ गते रातिको भएपनि प्रहरीलाई भने जेठ १४ गते बिहानमात्रै अस्पताल प्रशासनबाट खबर गरिएको हो ।’ पिडित बालिकाको अहिले वीरगंजको नारायणी अस्पतालमा प्रहरीको निगरानीमा उपचार जारी रहेको उनले बताए । घटनाको अनुसन्धानका क्रममा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र उनिहरुविरुद्ध बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ अनुसन्धान जारी रहेको उनले बताए।
प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाहरु नबालिग रहेकाले उनिहरुको पहिचान खुलाउन नमिल्ने प्रनाउ पण्डितले बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरुको पहिचान नखुलाएपनि उक्त घटनामा संलग्न रहेको आरोपमा पिडित बालिकाकै नातामा काका पर्ने एक व्याक्ति पनि प्रहरीको हिरासतमा छन् ।
घटना के हो ?
बालिकाको घरसँगै जोडिएको नातेदारको घरमा जेठ १३ गते छोरीको बिहे थियो । त्यसको अघिल्लो दिन जेठ १३ गते राति बिहेको घरमा कथामटकोर थियो । जेठ १३ गते राति कथामटकोरको पूजापाठको विधि सकिएपछि भोज सुरु भयो । भोज खाएर छरछिमेककीहरु घर फर्किन थाले ।
त्यसबेला करिब रातिको १० बजेको थियो । पिडित भनिएकी बालिका घरछेउको धारामा पानी भर्न गएकी थिइन् । त्यहि बेला केहि व्याक्तिहरुले उनको हात समातेर धारा छेउकै मकैबारीमा लगे । मकैबारीमा ती बालिकामाथि तीन जनाले पालैपालो बलात्कार गरे । बालिका अचेत भइन् । होस् खुलेपछि उनि लरखराउँदै घर तर्फ आइन् । घरछेउको आँगनमा पुग्नेबित्तिक्कै उनि फेरि अचेत भएर लडिन् ।
त्यसपछि उनका अभिभावकले उनलाई कलैयास्थित प्रादेशीक अस्पतालमा लगे । त्यहाँ बालिकाको यौनांगबाट रगत बगिरहेको अवस्थामा चिकित्सकले देखेपछि घटना शंकास्पद भएको हुनसक्ने आकलन गरेर उपचारका लागि अन्यत्र लैजान सुझाए। त्यसपछि अभिभावकले प्रहरीलाई खबरै नगरी ती बालिकालाई उपचारका लागि वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरे । त्यहाँ उनको उपचार सुरु गरियो । त्यसक्रममा बालिकाको बलात्कार भएको पुष्टि चिकित्सकले गरेपछि अस्पताल प्रशासनलले प्रहरीलाई खबर गर्यो । अस्पतालमा पुगेर प्रहरीले ती बालिकालाई वीरगंजकै नारायणी अस्पतालमा लगेर भर्ना गर्यो । अहिले ती बालिकाको नारायणी अस्पतालमै उपचार जारी छ ।
नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले पिडित बालिकाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए। उनले भने,‘ सूरुमा अस्पतालमा ल्याइएका बेला गहिरो घाउ थियो । त्यसका कारण माइनर अप्रेशन नै गर्नुपर्यो ।

























