वीरगंज, २० जेठ — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी र सुदूरपश्चिमका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

विज्ञापन

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशीका केही स्थानहरूमा र मधेश, बागमती, गण्डकी लगायतका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च-पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमका कारण सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here