तस्विर : ​फाइल

वीरगंज — ठाकुरराम बहुमुखी क्याम्पस​मा विद्यार्थीहरुले गरेको तालाबन्दी ​मङ्गलवार ​खोलिएको छ । संयुक्त विद्यार्थी संगठनको निरन्तर दबाबपछि अब ​नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा भएका नामांकन र मतदान काण्ड​को औपचारिक छानबिन प्रक्रिया अघि बढ्ने भएको हो।

संगठनले ​लगभग १८ जना विद्यार्थीले नक्कली प्रमाणपत्रका आधारमा क्याम्पसमा भर्ना लिएको र ​क्याम्पसको निर्वाचनमा मतदान गरेको दाबी गर्दै आएको छ। सोही मुद्दालाई लिएर प्रजिअ गणेश अर्यालसहित सरोकारवालाबीच पटकपटक छलफल भएको थियो।

विज्ञापन

आन्दोलन चर्किंदै गएको जेठ ४ गते संगठनले क्याम्पस प्रमुखको कार्यालय, विद्यार्थी कल्याण शाखा तथा खेलकुद शाखामा तालाबन्दी ​गरेको थियो । ​सोही दिन विद्यार्थी नेताहरू श्याम गुप्ता, अनिस पटेल र सागीर अलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो​ र साँझ रिहा गरेको थियो। 

विद्यार्थी नेता ​श्याम गुप्ताका अनुसार, अब शंकास्पद प्रमाणपत्रहरू छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइनेछ। ​उनले भने “यथार्थ तथ्य छानबिन​का साथै रहस्यको पर्दाफाश हुने भन्ने हाम्रो अपेक्षा छ​ ।” 

संयुक्त विद्यार्थी संगठनले दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै हाललाई आन्दोलन स्थगन गरेको जनाएको छ।​

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here