तस्विर​ : जिप्रका, पर्सा

वीरगंज, ​२७ जेठ –​ पर्सा जिल्लामा जलजन्य विपद् व्यवस्थापनको तयारीस्वरूप “अभ्यास मनसुन–५” नामक ​संयुक्त उद्धार अभ्यास कार्यक्रम ​मङ्गलवार सम्पन्न भएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति पर्साको आयोजना तथा सुरक्षा निकाय र सरोकारवाला निकायहरूको समन्वयमा चार दिने अभ्यास कार्यक्रम अन्तिम दिन आज सम्पन्न गरिएको हो।

विज्ञापन

उक्त कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल​को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम कार्यक्रमको समापन वीरगंज महानगरपालिका–१० स्थित घडिअर्वा पोखरीमा गरिएको थियो, जहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस, स्काउट लगायतका निकायहरूले जल उद्धार अभ्यासको प्रदर्शनी गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी र सर्वसाधारण गरी करिब ​छ सयजनाको उपस्थिति रहेको थियो।

जेठ २४ गतेदेखि सञ्चालनमा आएको उक्त अभ्यास कार्यक्रमको उद्देश्य वर्षायामका समयमा सम्भावित डुबान तथा बाढीजन्य विपद्मा उद्धार तथा राहत कार्यको तयारी सुदृढ गर्नु रहेको आयोजकले बताएका छन्।

कार्यक्रमले सुरक्षा निकायहरू बीचको सहकार्य, शीघ्र प्रतिकृया क्षमता तथा स्थानीय तहको सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here